नेपाल अष्ट्रेलिया संग ३ - ० गोल अन्तरले पछि , रोहित चन्दले रातो कार्ड खाएपछि नेपाल १० खेलाडीमा सिमित — OSNepal

नेपाल अष्ट्रेलिया संग ३ – ० गोल अन्तरले पछि , रोहित चन्दले रातो कार्ड खाएपछि नेपाल १० खेलाडीमा सिमित

LC (KTM) June 11, 2021 0

फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले आज बलियो टिम अष्ट्रेलियासँग प्रतिस्पर्धा गरिरहेको छ ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा जारी खेलको दोस्रो हाफ चलिरहदा नेपालविरुद्ध अष्ट्रेलियाले तीन शुन्य गोलको अग्रता बनाएको छ ।
खेलको छैटौं मिनेटमा म्याथ्यु लेकीले गोल गर्दै अष्ट्रेलियालाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३८ औं मिनेटमा फ्रान करासिकले गोल गर्दै अष्ट्रेलियालाई २(० को अग्रता दिलाए । त्यसपछि दोस्रो हाफको सुरुवातमै फेरी अष्ट्रेलियाले अर्काे गोल थपेको छ ।

यस्तै खेलमा नेपाल पहिलो हाफमै १० खेलाडीमा समेटिएको छ ।४५ औं मिनेटमा नेपालका रोहित चन्दले रातो कार्ड पाएर मैदानबाट बाहिरिएका छन् ।
अष्ट्रेलियाका मार्टिन बोयलेलाई फउल गरेपछि ओमानी रेफ्री अहमेदले रोहितलाई रातो कार्ड देखाएका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर