काठमाडौं २२ वैशाख । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको बृहत्तर हितका लागि गठवन्धन गरिएको बताएका छन् । तालेमल गर्दा विजय सहज हुने आफुलाई पनि केहि न केहि उपलब्धी हुने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क ९एनआरएन० को कार्यक्रम नेपाली बहस सहभागी भएका प्रवक्ता शर्माले कांग्रेसले एमालेसँग डराएर गठबन्धन नगरेको भन्दै गठबन्धन सरकारमा सामेल दलहरुले मिलेर जाने प्रस्ताव गर्दा नेपाली कांग्रेस उदार भएको मात्र बताएका छन् । ‘यस पटक एमालेभन्दा हामीले बढी जित्छौं । यसमा तालमेलले सहयोग गर्छ ।’उनले भनेका छन् ।
पार्टीको निर्णय सबैले मान्ने बताएका उनले अधिकांश बागी उम्मेदवाहरुले फिर्ता लिएको पनि बताएका छन्। विकास, समृद्धि र सुशासन नै नेपाली कांग्रेसको एजेण्डा भएकाले अब हामीले जितेपछि ६५ वर्षमाथिकाले वृद्धभत्ता पाउँने , ५ हजार सुत्केरी भत्ता पाउँने बताएका छन् ।
कार्यक्रममा नेता महतले केपी ओलीले रेल, पानीजहाज, घरघरमा ग्यासपाइपका उडन्ते कुरा गरेको भन्दै काठमाडौं महानगरमा आफुभन्दा पनि बढी उठान भर्ने, आकाश–पाताल जोड्ने व्यक्ति उम्मेदवार भएको टिप्पणी गरेका छन् ।
.