काठमाडौं २२ वैशाख । नागरिक समाजका अगुवा डा। सुन्दरमणि दीक्षितले गठबन्धन भनेको लुते र डरपोक ग्रुप भएको टिप्पणी गरेका छन् ।
ठबन्धनको खिचडी बनाउँदा मतदाताले आफ्नो दल रोज्न नपाएको बताएका उनले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग डराएर गठबन्धनका नाममा माथिबाट निरंकुशता लादिएको बताएका छन् ।
‘पार्टीहरुको विचार, सिद्धान्त र कार्यक्रमका आधारमा मतदान गर्ने हो अब अब एक्लै आउनेलाई भोट हाल्नुपर्छ ।’ नेपाली रेडियो नेटवर्क )एनआरएन) को कार्यक्रम नेपाली बहसमा उनले भने ।
नेकपा एमाले, राप्रपा, विवेकशील साझा पार्टीले जसरी आँट गर्नुपर्नेमा जोड दिएका उनले भने, ‘गठबन्धन भएन भने हामी हार्छौं भन्ने देउवाले भरतपुर जितेर देखाऊ भनेर हतोत्साही गर्न मिल्छ ?’