काठमाडौं २१ वैशाख । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको विमानस्थले जनाएको छ ।
बुधरबार बिहान अज्ञात व्यक्तिबाट आन्तरिक टर्मिनलमा ५/६ वटा बम राखिएको छ भनि टेलिफोनमा कुरा भएको विमानस्थलले जनाएको छ ।
उक्त अज्ञात व्यक्तिबाट आएको सुचनाको आधारमा अहिले आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको छ ।
अहिले विमानस्थलमा तालिम प्राप्त कुकुर सहितको सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहेको छ ।
विमानस्थलमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन जारी समेत सुरु गरिसकेको छ । तथापी, अन्तराष्ट्रिय उडान भने सुचारु भइरहेको छ ।