पोखरा महानगरपालिकाका मेयर पदका उम्मेद्धार धनराज आचार्यले चुनावी अभियानलाई आक्रमक रुपमा अघि बढाएका छन् । उनले सोमबार आफ्नै जन्मस्थान बाट चुनावी अभियानको थालनी गरेका छन् । पोखरा ३३ स्व. रबीन्द्र अधिकारीको जन्मथलो समेत रहेको छ । यहाँ धनराज र रबीन्द्रले संगै बाल्यकाल गुजारेका थिए ।
सोहि अभियानलाई संबोधन गर्दै उनले बिकासका लागि हुने कुनै पनि काम बन्द कोठा बाट निर्णय नहुने प्रतिबद्धता जाहेर गरेका छन् । उनले ल्याण्डफिल साइड र औधोगिक क्षेत्र बनाउँने छलफलमा स्थानीयबासी संग सल्लाह नगरिनु एकदमै दुःखद पक्ष रहेको बताए । सोहि प्रसंगलाई जोड्दै उनले आफु जनताकै माझमा गएर सबै कुराको छलफल पश्चात मात्र अघि बढ्ने दाबी गरे ।
उनले मुख्य राजमार्ग देखी २–३ मिनेटको दुरीमा रहेको वडालाई जोड्ने पुल समेत नभएको उल्लेख गर्दै यसले स्थानीयलाई समस्या उत्पन्न भएको बताए । त्यस्तै उनले चुनावी अभियान कार्यक्रमलाई संबोधन गर्दै महानगरको आफ्नै बस नभएकोले यस कार्यलाई अघि बढाउने प्रतिबद्धता जाहेर गरे । त्यस्तै सिटी बसपार्क निर्माणको योजना समेत अघि सारे ।
आफ्नो राजनीतिक यात्रा पोखरा ३३ बाट सुरु भएको बताउँदै पार्टी एक हुँदाको अवस्थामा सुर्य चिन्हमा मत मागेको समेत स्मरण गर्न भ्याए । उनले पार्टी दुर्घटनामा परेको बताउँदै मुलुक लाई बचाउनकै लागि भए पनि अहिले गठबन्धन गर्न बाध्य भएको स्पष्ट पारे । देशको सार्वभौमसत्ता नै धरापमा परेकोले यसलाई जोगाउन पार्टी फुटाउन बाध्य हुनु परेको टिप्पणी गरे ।
सोही कार्यक्रमलाई संबोधन गर्दै उपमेयरकी उम्मेद्धार कोपिला रानाभाटले बिकास र समृद्धिको लहर ल्याउन गठबन्धन लाई निर्वाचनमा जिताउन अनिबार्य रहेको बताईन् । त्यतिमात्र हैन उनले एमालेलाई बिकासको बाधक बनेको आरोप समेत लगाईन् । एमालेको सरकार बनेकै कारण पोखराको ग्रामीण भेगका कुना कन्दरामा बिकासको आभास समेत नभएको जिकिर गरिन् ।