विश्वविद्यालयका परीक्षा नियन्त्रक सिद्धेश्वरमान श्रेष्ठको कोरोनाका कारण — OSNepal

विश्वविद्यालयका परीक्षा नियन्त्रक सिद्धेश्वरमान श्रेष्ठको कोरोनाका कारण

LC (KTM) June 11, 2021 0

काठमाडौं-कोरोनाका कारण लुम्बिनी बौद्ध विश्वविद्यालयका परीक्षा नियन्त्रक सिद्धेश्वरमान श्रेष्ठको निधन भएको छ । काठमाडौंको सिभिल सर्भिस अस्पतालमा उनको उपचारका क्रममा निधन भएको हो । उनको बिहीबार राति निधन भएको विश्वविद्यालयले जनाएको छ।

काठमाडौं कोटेश्वर निवासी श्रेष्ठ त्रिभुवन विश्वविद्यालयका पूर्व सह–प्राध्यापक श्रेष्ठ ०७३ सालदेखि लुम्बिनी बौद्ध विश्वविद्यालयमा परीक्षा नियन्त्रकका रुपमा कार्यरत थिए। उनका एक छोरा एक छोरी र श्रीमती छन्।

बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा।डा। हृदयरत्न बज्राचार्य र रजिष्ट्रार डा। तिलकराम आचार्यले शोक वक्तव्य जारी गर्दै श्रेष्ठको निधनले शैक्षिक क्षेत्रमा अपुरणीय क्षति भएको जनाएका छन्। विश्वविद्यालयले परिवारजनप्रति समवेदना प्रकट गर्दै श्रेष्ठको सुखावती भुवनमा बासको कामना गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर