बलिउडका दिग्गज कलाकार दिलीप कुमार डिस्चार्ज , स्वास्थ्य अवस्थामा उल्लेखीय सुधार — OSNepal

बलिउडका दिग्गज कलाकार दिलीप कुमार डिस्चार्ज , स्वास्थ्य अवस्थामा उल्लेखीय सुधार

LC (KTM) June 11, 2021 0

लामो समय देखि अस्वस्थ्य रहेका बलिउडका दिग्गज अभिनेता दिलीपकुमार अस्पतालबाट डिस्चार्ज भएका छन् । उनको फोक्सोमा पानी जमेको थियो ।

उनको सर्जरी गरेपछि स्वास्थ्य अवस्थामा सुधार आएसंगै चिकित्सकले डिस्चार्ज दिने बताएका थिए । आज उनको डिस्चार्ज भएको फैजल फारुकीले सामाजिक सञ्जालबाट जानकारी दिएकी हुन् । उनले लेखेकी छन्– ‘तपाईंहरुको प्रेम, स्नेह र प्रार्थनाले दिलीप साहब अस्पतालबाट घर फर्किएका छन् ।’

दिलीप कुमारलाई गत आइतबार स्वासप्रस्वासमा समस्या देखिए पछि हिन्दुजा अस्पताल भर्ना गरिएको थियो । गत महिना पनि दिलीपकुमार अस्पताल भर्ना भएका थिए । उनको सामाजिक सञ्जालमा निधन भएको हल्ला समेत फैलिएको थियो । पछि उनको परिवारले उक्त हल्लाको खण्डन समेत गर्दै स्वास्थ्य अवस्था बिग्रीएको र अस्पताल भर्ना गरिएको जानकारी दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर