काठमाडौं महानगरले फोहोरदेखि सबै हेर्ने हो भने ४ अर्ब बजेट होइन ४० अर्ब चाहिन्छ : स्थापित — OSNepal

काठमाडौं महानगरले फोहोरदेखि सबै हेर्ने हो भने ४ अर्ब बजेट होइन ४० अर्ब चाहिन्छ : स्थापित

LC (KTM) May 03, 2022 0

काठमाडौं २० वैशाख । नेकपा एमालेबाट काठमाडौं महानगरपालिका मेयरका उम्मेदवार केशव स्थापितले निर्वाचनमा आफुले १ लाख २० हजार भोट ल्याउने दावी गरेका छन् ।

वर्तमान काठमाडौंका मेयर विद्यासुन्द शाक्य र रामवीर आफ्नो साथमा भएको बताएका उनले यस पटकको मेयर आफैले जित्ने दावी गरेका हुन् । आफु सँग लड्ने प्रतिस्पर्धी नै नभएको हो कि भन्ने मनमा अलिकति खट्किएको बताएका उनले काठमाडौकी मेयर र्सिजना र सिंह र स्वतन्त्र उम्मेदवार बालेन साहमाथि आलोचना समेत गरेका छन् ।

एक कार्यक्रममा सहभागी भएका उनले भनेका छन् , ‘गणेशमानको सम्मान अलग हो। बुहारी (सिर्जना सिंह) ले पनि त्यही सम्मान माग गर्न मिल्छ ? के योगदान गरेको छ? प्रकाशमान सिंहसँग विवाह गरेपछि उहाँले नेवार भाषासम्म पनि सिकेको छैन भन्छन्। नेवार भाषामा बहस गरौं। लिपि थाहा छैन भन्छन्।

त्यसैगरी बालेनलाई लक्षित गर्दै उनले भनेका छन् , ‘आफ्नो मूल खुलाउन नसक्ने मान्छेले महानगर दाबी गर्न आउन मिल्छरु सत्य बोल्नुपर्‍यो नि। ‘

काठमाडौं महानगरले फोहोरदेखि सबै हेर्ने हो भने ४ अर्ब बजेटले नभई ४० अर्ब चाहिने उनको अनुमान रहेको छ ।
.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर