अर्घाखाँचीका युवाद्वारा विपन्न परिवारलाई खाद्यान्न सहयोग — OSNepal

अर्घाखाँचीका युवाद्वारा विपन्न परिवारलाई खाद्यान्न सहयोग

LC (KTM) June 11, 2021 0

अर्घाखाँची- अर्घाखाँची जिल्लामा कोरोना महामारी र निषेधाज्ञाका कारण समस्यामा परेका खाद्यान्न को अभावले चुलो निभेका अति विपन्न गरिब घरपरिवारलाई शुक्रबार युवाहरू ले खाद्यान्न वितरण गरेका छन ।

विपिन फार्मेसीका संचालक तथा समाज सेवी सुर्य थापा ,सामाजिक अभियान्ता यूवराज थापा ,समाजसेवी विजय सुनार ,समाज सेवी सागर मरासिनी ,समाजसेवी मनोज पराजुलीको संयुक्त पहलमा पहिलो चरणमा जिल्लाका १६ जना विपन्न गरिब घरपरिवारलाई तीस-तीस किलोको चामल , दुई लिटर तेल , एक किलो नुन समाजसेवी कमला थापा ,आशा घिमिरे , समाज सेवि यूवराज थापाको उपस्थितिमा अर्घा भगवती बिमानस्थलको प्रांगढमा सामाजिक दुरी कायम गर्दै वितरण गरिएको थियो ।

अर्घाखाँचीका युवाहरू ले जिल्लामा झन्डै पचास हजार बराबर को खाद्यान्न वितरण गरेका हुन । जिल्लामा सामाजिक कार्यगर्दै आइरहेका छ्न । दोस्रो चरणको खाद्यान्न वितरण पनि सोहि अर्घाभगवती बिमान स्थलमा गरिने योजना रहेको अभियान्ता यूवराज थापाले जानकारी दिए ।

हामीले सक्ने सहयोग गरेका छौँ । हाम्रो सहयोग थोरै भएपनि महामारीका बेला सहयोग गर्नु हाम्रो दायित्व रहेको समाज सेवि युवराज थापा बताउछन । हामारीमा आवश्यक परेको बेला एक अर्का लाई सहयोग गर्नु मानवीय धर्म भएको अभियानता सागर मरासिनी ले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर