पोखरामा १ समूह, १ उत्पादनको रणनीति बनाएर अघि बढ्यो धनराज आचार्य नेतृत्वको गठबन्धन — OSNepal

पोखरामा १ समूह, १ उत्पादनको रणनीति बनाएर अघि बढ्यो धनराज आचार्य नेतृत्वको गठबन्धन

LC (KTM) May 03, 2022 0

पोखरा। पोखरा महानगरका मेयरका उम्मेदवार धनराज आचार्यले आँफुले पोखराको विकाशमा कुनै कसुर बाँकी नराख्ने बताएका छन् ।

नमुना शहरका रुपमा पोखरालाई विकाश गरेर संसारलाई देखाउने योजना सहित अगाडी बढेका नेता आचार्यले हराउँदै गरेको परम्परागत कृषि प्रणालीलाई पनि व्यबस्थित गरेर लैजाने बताएका छन् ।

उनले भने व्यवसायिक कृषि बढेको छैन । ठूला उद्योग, व्यवसाय खासै थपिएका छैनन् । विस्तारै हाम्रो परिनिर्भरताको ग्राफ उकालिँदै छ यस्तो अवस्थालाई चिर्न नेता आचार्यले अनेक योजनाअघि सारेका छन् ।

नेता आचार्य सहित गठबन्धनका नेताहरुको आमा समूहलाई १ समूह, १ उत्पादन कार्यक्रममा समेट्ने योजना छ । गठबन्धनमा एकीकृत समाजवादीबाट मेयर उम्मेदवार बनेका धनराज आचार्यले यस्ता समूहलाई कुनै उद्योग खोल्न महानगरले २० प्रतिशत अनुदान दिने नीति लिइने उल्लेख गरे ।

आचार्यले गठबन्धनले जित हासिल गरे बाँकी ८० प्रतिशत लगानीका लागि महानगर बैंक ग्यारेन्टी ऋणको व्यवस्था गरिने जनाए । गठबन्धनमा कांग्रेसको तर्फबाट उपमेयर उम्मद्वार कोपिला रानाभाटले टोल टोलका आमा समूहहरु उत्पादनमा जोडिए चाडै पोखरा आत्मनिर्भर बन्ने बताइन् ।

उनले पोखरेलीलाई आत्मनिर्भर बनाउँदै आयआर्जनमा समेत सघाउने उल्लेख गरिन् । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी गठबन्धनका उम्मद्वारहरु घरदैलोमा छन् । पोखरालाई अन्तर्राष्ट्रिय स्तरको महानगर बनाउन सोही अनुरुपमा संरचना र विकासको खाँकासहित गठबन्धनका उम्मेदवारले मत मागिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर