पाँचथरमा कोरोना सङ्क्रणबाट दुई जनाको मृ त्यु — OSNepal

पाँचथरमा कोरोना सङ्क्रणबाट दुई जनाको मृ त्यु

LC (KTM) June 11, 2021 0

पाँचथर, २८ जेठ कोरोना सङ्क्रणबाट यहाँ दुईजनाको निधन भएको छ । ती मध्ये एक सङ्क्रमित महिलाको मुखबाट रगत बान्ता (युजिआइ ब्लिडिङ)का कारण मृत्यु भएको छ ।तेह्रथुमको आठराई घर भई फिदिममा बस्दै आएका ६५ वर्षीया महिलाको आज पाँचथर जिल्ला अस्पतालमा मृत्यु भएको हो । यही जेठ २५ गते गरिएको एन्टिजेन परीक्षणमा उनी सहित परिवारका अन्य सदस्यमा समेत कोरोना पुष्टि भएको थियो । उनीका श्रीमान पनि सङ्क्रमित भइ अस्पतालमा उपचाररत छन् ।

होम आइसोलेसनमा रहेकी ती महिलालाई स्वास्थ्यमा समस्या आएपछि आज अस्पताल पु¥याइएको जनाइएको छ । सङ्क्रमित महिलाको मुखबाट रगत बान्ता गर्ने समस्याका कारण ज्यान गएको जिल्ला अस्पतालका सिनियर अहेव उमेश शाहले जानकारी दिनुभयो । विशेषतः कोरोनाजस्ता जटिल अवस्थामा हुने मद्यपानले यस प्रकारका समस्या निम्त्याउने गरेको उहाँको भनाइ छ । जिल्लामा विहीबार पनि दुई सङ्क्रमितको मृत्यु थियो (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर