काठमाडौ २० वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले वैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा गरेको छ । वैशाख ३० स्थानीय तह निर्वाचन हुने भएको छ ।
जनसत्ता र जनमुक्ति सेना निर्माण गरि सशस्त्र जनविद्रोह मार्फत् वैज्ञानिक समाजवाद प्राप्तिको बाटोमा अग्रसर बनौं भन्ने नाराका साथ तत्कालीन नेकपा माओवादीबाट टुक्रिएर गएको समूहले चुनाव बहिष्कार र नेपाल बन्दको घोषणा गरेको हो ।
पार्टी महासचिव कमरेड नेपालद्वारा सोमबार जारी विज्ञप्ति नै जारी गरिएको थियो ।
यता सरकारले भने निर्वाचनको दिन सवारी साधन सञ्चालनमा रोक लगाउने भएको छ ।