१५ दिनमा एक हजार करोड नाघ्यो ‘केजिएफ २’ को कमाइ,थियो एक सय करोड भारु लागतमा निर्माण गरिएको — OSNepal

१५ दिनमा एक हजार करोड नाघ्यो ‘केजिएफ २’ को कमाइ,थियो एक सय करोड भारु लागतमा निर्माण गरिएको

LC (KTM) May 02, 2022 0

मुम्बई । दक्षिण भारतीय अभिनेता एशको मुख्य भूमिका रहेको चलचित्र ‘केजिएफः च्याप्टर २’ ले १५ दिनमा एक हजार करोड भारतीय रुपैयाँ हाराहारीमा कमाइ गरेको छ । चलचित्रले विश्वव्यापी रुपमा ९२६ करोड भारु कमाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । छोटो समयमै विश्वव्यापी रुपमा एक हजार करोड कमाउने चलचित्र बन्न सफल भएको छ । एक सय करोड भारु लागतमा निर्माण गरिएको यो चलचित्रले नौ सय करोड नाफा कमाएको छ । तेस्रो सातासम्म आइपुग्दा पनि चलचित्रको व्यापारको रफतार घटेको छैन । भारतीय सञ्चार माध्यमका अनुसार चलचित्रले एकै दिनमा ३० करोडभन्दा बढी व्यापार गरिरहेको छ ।

‘केजिएफ २’ ले हिन्दी भाषामा पनि उत्कृष्ट प्रदर्शन गरिरहेको छ । बलिउड चलचित्र ‘जर्सी’ रिलिज हुदाँ पनि ‘केजिएफ’ को व्यापारमा खासै असर देखिएको छैन । भारतीय व्यापार विश्लेषक तरण आदर्शका अनुसार चलचित्रले बुधबारसम्म हिन्दी भर्सनमा मात्रै ३४३ करोड १३ लाख कमाएको छ । ‘केजिएफ २’ ले विश्वव्यापी रुपमा दिनमै ३० करोड भारु माथिको व्यापार गरिरहेको हुँदाँ यसले ‘आरआरआर’को व्यापारलाई उछिन्ने देखिन्छ ।सौर्य दैनिकमा खबर छ । एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’ ले पनि एक हजार करोड कमाउन सफल भएको थियो । चैत्र ११ गतेबाट प्रदर्शन भएको आरआरआरले हालसम्म १२ सय करोडभन्दा बढी कमाइ गरेको छ ।

‘केजिएफ २’ ले केही दिनमै आरआरआरको लाइफटाइम व्यापारलाई पार गर्ने भारतीय सञ्चार माध्यमले जिकिर गरेका छन् । मूल रूपमा कन्नड भाषामा बनाइएको यो चलचित्र सन् २०१८ मा बनेको ‘केजिएफ १’ को दोस्रो भाग हो । ‘केजिएफ १’ निकै चलेको थियो, जसले कन्नड भाषामा सबैभन्दा धेरै पैसा कमाउन सफल चलचित्रको रेकर्ड बनाएको छ । ‘केजिएफ २’ पनि बक्सअफिसमा त्यस्तै रेकर्ड राख्ने क्रममा छ । चलचित्रमा यश, सञ्जय दत्त, रविना टण्डन र श्रीनिधि शेट्टी मुख्य भूमिकामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर