काठमाडौँ उपत्यकामा थपिए १ हजार १४० कोरोना संक्रमित फेला — OSNepal

काठमाडौँ उपत्यकामा थपिए १ हजार १४० कोरोना संक्रमित फेला

LC (KTM) June 11, 2021 0

काठमाडौं-पछिल्लो २४ घण्टामा थप ३७५० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ९५९८ जनाको परीक्षण गर्दा २७०९ जनामा र एन्टिजेन विधिबाट ५ हजार ५८४ जनाको परीक्षण गर्दा १०४१ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप ५२२५ जना संक्रमणमुक्त भएका छन् । यो सँगै संक्रमण मुक्त हुनेको संख्या ५ लाख २० हजार ८१६ पुगेको छ ।

पछिल्लो समय नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी हुन थालेपछि सक्रिय संक्रमितको संख्या घट्दै ७५हजार २७५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६७ जनाको मृ त्यु भएको छ । देशभर ८ हजार ३०५ जनाको मृत्यु भइसकेको छ । नेपालमा निको हुने दर ८६.२ प्रतिशत रहेको छ भने मृत्यु हुने दर १.६ प्रतिशत रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १ हजार १४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ९२१ जना, भक्तपुरमा ५६ जना र ललितपुरमा १६३ जना कोरोना संक्रमित थपिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर