एकाएक किन नजिकिँदैछन् सुन्दरी नायिकाद्धय आँचल शर्मा र साम्राज्ञी — OSNepal

एकाएक किन नजिकिँदैछन् सुन्दरी नायिकाद्धय आँचल शर्मा र साम्राज्ञी

LC (KTM) May 01, 2022 0

काठमाडौं ।

मिलन चाम्सले निर्देशन गर्न लागेको नेपाली कथानक चलचित्र ‘वर एण्ड वधु’ मा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्धित भएकी छन् ।

निर्देशक चाम्सले चलचित्रमा साम्राज्ञीको प्रमुख भूमिका हुने बताए । उनले चलचित्रको मुख्य भूमिकाका लागि साम्राज्ञीलाई फाइनल गरिएको जानकारी दिए ।

निर्देशक चाम्सले भने, ‘उनको जोडी र भूमिका अहिले खुलाउन मिल्दैन ।’ उनले चलचित्रमा काम गर्ने कलाकार शुभ–मुर्हूतमा मात्र सार्वजनिक गरिने बताए ।

अभिनेत्री आँचल शर्मा यसअघि चलचित्रको मुख्य भूमिकाका लागि अनुबन्धित भइसकेकी छन् भने विवेक कर्माचार्यलाई समेत निर्माण पक्षले छानिसकेको छ । कमेडी र पारिवारिक विषयमा बन्न लागेको यो चलचित्र जेठबाट छायांकनमा जाने तयारीमा छ ।

एलआरके इन्टरटेनमेन्टले निर्माण गर्न लागेको ‘वर एण्ड वधू’ मा कलाकार किरण केसी र विजय लामाको समेत प्रमुख भूमिका रहने जनाइएको छ ।सौर्य दैनिकमा खबर छ ।

केही समयअघि निर्देशक चाम्सले ‘गोर्खा वारियर–२’ को छायांकन सकेका छन् । यस्तै, अभिनेत्री साम्राज्ञी पनि हालै चलचित्र ‘ह््यारीकी प्यारी’ को छायांकन सकेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर