रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा स्पानियोललाई चार शन्य गोल अन्तरले हराउँदै रियलले उपाधि जितेको हो । रियलले ४ खेल अवागै उपाधि जितेको हो । यो संगै रियलको यो ३५ औ ला लिगा उपाधि रहेको छ । घरेलु मैदानमा रियललाई जित दिलाउन रोड्रिगोले दुई गोल गरे ।
खेलको ३३ औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए । ४३ औं मिनेटमा रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता २-० को बनाए । खेलको ५५ औं मिनेटमा मार्कुस एसेन्सियोले गोल गर्दै रियलको अग्रता तेब्बर बनाए । त्यसपछि खेलको ८१ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई ४-० को जित दिलाए । यस जितसँगै रियलले ३४ खेलमा ८१ अंक जोडेको छ । रियल दोस्रो स्थानको सेभिया भन्दा १७ अंकले अघि रहेको छ । स्पानियोल ३९ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।