दाउ प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ — OSNepal

दाउ प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

LC (KTM) June 11, 2021 0

ईलाम २८ जेठ । आफ्नै श्रीमती ४६ वर्षीया सुर्जामाया तामाङलाई धारिलो हतियार दाउ प्रहार गरी हत्या गरेको अभियोगमा देउमाई नगरपालिका-४ चित्रे डेरा गरी बस्ने भोजपुर ओख्रे घर भएका ४५ वर्षीय ताक बहादुर तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ताक बहादुरले आफ्नै श्रीमतीलाई दाउ प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरीले उनलाई हतियार सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर