हेटौंडा, १७ वैशाख :
हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ का सत्तारुढ गठबन्धनका उम्मेदवारहरूले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । गठबन्धनबाट अध्यक्षका उम्मेदवार बनेका नेपाली कांग्रेसका विष्णुगोपाल महर्जनले वडाअन्तर्गतका सडकहरूको ‘सडक अधिकार’ क्षेत्रभित्रका जग्गाहरूको लगत कट्टा गरी हाल साबिक गरिने बताए ।
हेटौंडा ५ र २ को सिमाना खोल्सीमा तटवन्धन र पैदलमार्ग निर्माण गर्न बहुवर्षीय योजना तयार गरिने उनको भनाई छ ।
उनले हेटौंडा–२ को अव्यवस्थित भएको ढल व्यवस्थित गर्ने बताए । ‘खेलाडी उत्पादनका लागि तालिम तथा खेलकुद आयोजना गरिनेछ । साथै उपयुक्त स्थान भेटिएमा खुला व्यायामशाला निर्माण गरिनेछ,’ उनले भने ।
भोलि आइतबार नेकपा एमालेले हेटौंडामा आमसभा गर्दैछ । आमसभामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।
स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर ओली हेटौंडा आउन लागेका हुन् । आमसभामा मकवानपुरका १० वटै स्थानीय तहका एमालेका उम्मेदवार, नेता, कार्यकर्ताहरू सहित ४० हजार भन्दा बढीको सहभागिता रहने दावी गरिएको छ ।
हेटौंडा उपमहानगरपालिकाका विभिन्न चार वटा नाकाबाट पैदल र्याली गरी हुप्राचौरमा आमसभा गरिने एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिए ।
यो पनि : भोलि आइतबार नेकपा एमालेले हेटौंडामा आमसभा गर्दैछ । आमसभामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।