जब रणवीर सिंहले रणवीर कपूरलाई बलिउडकी यी अभिनेत्रीलाई डेट गर्न सल्लाह दिए — OSNepal

जब रणवीर सिंहले रणवीर कपूरलाई बलिउडकी यी अभिनेत्रीलाई डेट गर्न सल्लाह दिए

LC (KTM) April 29, 2022 0

बलिउडका अधिकांश कलाकारहरु एकअर्कासँग निकै राम्रो सम्बन्धमा बाँधिएका छन् । जसमध्ये रणवीर कपुर र रणवीर सिंहको जोडी पनि छ । दुवै धेरै कार्यक्रममा एकअर्कासँग रमाइलो गरेको देखिएका छन् । दुवै स्टारलाई उद्योगका उत्कृष्ट कलाकारमा गनिन्छ । आजकल दुबै आ(आफ्नो आगामी प्रोजेक्टमा निकै व्यस्त छन्, तर दुबैको सम्बन्धका बारेमा केही न केही खबरहरु आइरहेका छन् ।

यी दुवै अवार्ड समारोहमा स्टेजमा निकै रमाइलो गरेको देखिने गरेका छन् । रणवीर कपुरको अफेयरको बारेमा तपाई सबैलाई राम्रोसँग थाहा छ कि उनी आफ्नो प्रोफेशनल लाइफ भन्दा पर्सनल लाइफलाई लिएर चर्चामा रहन्छन् । आज हामी तपाईंहरू सबैसँग यस्तै एउटा किस्सा शेयर गर्न जाँदैछौं, जहाँ एक पटक रणवीर कपुरको पूर्व प्रेमिकाका पति अर्थात अभिनेता रणवीर सिंहले उनलाई एक बलिउड अभिनेत्रीसँग डेट गर्ने सल्लाह दिए ।

वास्तवमा यो सम्पूर्ण मामला सन् २०१६ को हो । जहाँ दुबैको एक अन्तर्वार्ता निकै भाइरल भएको थियो, जसमा रणवीर सिंहले रणवीर कपुरलाई बलिउडकी महारानी कंगना रनौतलाई डेट गर्ने सल्लाह दिएका थिए । हो, यो अन्तर्वार्तामा जब रणवीर सिंहलाई सोधियो, ‘रणवीर कपूरले कुन अभिनेत्रीलाई डेट गर्नुपर्छ ? जसको जवाफमा उनले कंगनाको नाम लिए । साथै उनले भने,– ‘दुवैको जोडीले आगो लगाउने काम गर्नेछ । रणवीरलाई पनि मन पर्छ ।

यो कुरा रणवीर सिंहले मजाकमा भनेका थिए तर रणवीर कपुरले भने यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । आलिया भट्टलाई ५ वर्ष डेट गरेपछि रणवीर कपूरले १४ अप्रिलमा विवाह गरेका थिए । दुबैको विवाह भएको १५ दिन भैसकेको छ तर उनीहरुको विवाहसँग सम्बन्धित धेरै समाचार अझै पनि चर्चामा छन् । यस बाहेक दुबै बिहेलगत्तै आर्यन मुखर्जीको फिल्म ‘ब्रह्मास्त्र’ मा सँगै देखिने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर