चितवन १६ वैशाख । सत्ता गठवन्धनको सहमति विपरित भरतपुर महानगरपालिकाको मेयर पदमा बागी उम्मेदवार दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेललाई फकाउन भरतपुर गएका दुई मन्त्री काठमाडौं फर्किएका छन् ।
नेता पौडेललाई फकाउन गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ भरतपुर पुगेका थिए । नेता पौडेलले आफु कारवाही भोग्न तयार तर आफ्नो उम्मेदवारी फिर्ता नलिने स्पष्ट पारेका छन् ।
काठमाडौं फर्कने क्रममा भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै गृहमन्त्री खाँणले उम्मेदवार पौडेलले विवेकसम्मत निर्णय लिने बताएका छन् ।
आज साँझ पाँच बजे सम्म उम्मेदवारी फिर्ता लिने समय निर्वाचन आयोगले दिएको छ ।