यात्रुबाहक बस दुर्घटनामा परी १८ जनाको मृ त्यु,६ जनाको अवस्था गम्भीर — OSNepal

यात्रुबाहक बस दुर्घटनामा परी १८ जनाको मृ त्यु,६ जनाको अवस्था गम्भीर

LC (KTM) June 11, 2021 0

इस्लामावाद, २८ जेठ -पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा १८ जनाको मृ त्यु भएको छ । घटनामा परी अरु ३० जनाभन्दा बढी घाइते भएका सरकारी अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । उनीहरुका अनुसार बलुचिस्तानको खुज्दार जिल्लामा यात्रु बाहक बस दुर्घटना भएको हो । घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालहरुमा लगिएको छ । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको पनि जनाइएको छ ।

सिन्ध प्रान्तको लर्काना जिल्लाबाट खुज्दार तर्फ गइरहेको बस दुर्घटनाग्रस्त भएको अधिकारीहरुले जानकारी दिएका छन् ।घटनाका बारेमा थप अनुसन्धान भइरहेको पनि स्थानीय प्रहरीले जनाएको छ ।यसै साताको शुरुमा पाकिस्तानको सिन्धमा दुई वटा रेल जुधेर दुर्घटना हुँदा कम्तीमा ६२ जना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर