महेश बस्नेतलाई मन्त्री नबनाएको भन्दै ओलीमाथि खनिए युवा संघका अध्यक्ष पौडेल — OSNepal

महेश बस्नेतलाई मन्त्री नबनाएको भन्दै ओलीमाथि खनिए युवा संघका अध्यक्ष पौडेल

LC (KTM) June 11, 2021 0

काठमाडौं २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले १९ पटक मन्त्रिपरिषद् पुर्नगठन गरेपनि ओली निकट नेता महेश बस्नेत नअटाएपछि युवा संघका अध्यक्ष किरण पौडेल भने आक्रोशित भएका छन् । अध्यक्ष पौडेलले सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री ओलीमाथि अशन्तुष्टि जनाउँदै राजनितिक बिकृती बिसंगतीका यि बिषयहरु पनि अब युवा पुस्ताको गम्भिर चासो र सरोकारको बिषयका रुपमा दर्ज हुने बताएका छन् ।

“राणाकालीन तथा मध्यशाहवंशीय इतिहासका पानामा पढ्ने गरेका षड्यन्त्र, दाउपेचका कथाहरूको झझल्को दिने अनेक हत्कण्डाहरू आज हाम्रै पुस्ताका नेताका विरुद्ध, हाम्रा तमाम युवाका कमाण्डरविरुद्ध भइरहँदा युवा पुस्तामा हामी र हाम्रो विरुद्ध मात्र होइन सिङ्गो राजनीतिविरुद्ध वितृष्णा पैदा हुनेछ,” उनले भनेका छन् ।

सामाजिक सञ्जालमा पौडेलले यस्ता पात्र र प्रबृतीबाट युवापुस्ताको उर्जामा पानी खन्याउने काम भएको बताउँदै यो परिस्थिती अन्त्य नहुँदासम्म युवा पुस्ताको कृयाशिलता,इमानदारिता ,योग्यता र क्षमताले कहिल्यै स्थान नपाउने समेत दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर