जब अनमोल यामाहाको 'महा एक्सचेन्ज मेला' उद्घाटन गर्न पुगे — OSNepal

जब अनमोल यामाहाको ‘महा एक्सचेन्ज मेला’ उद्घाटन गर्न पुगे

LC (KTM) April 29, 2022 0

काठमाडौँ ।

बिहीबारदेखि भृकुटीमण्डपमा सुरू भएको यामाहाको २०७९ “महा एक्सेन्ज मेला” मा बिहिबार भिडभाड देखियो ।

विभिन्न क्षेत्रका बरिष्ठ व्यक्तित्वलगायत प्रख्यात सेलिब्रेटी एवम् कलाकारहरूको पनि सहभागिता रहको मेलाका आर्कषण थिए चर्चित अभिनेता अनमोल केसी । ‘महा एक्सचेन्ज मेला’को उद्घाटन अभिनेता अनमोल केसीले नै गरेका हुन् ।

मेला वैशाख २२ गतेसम्म जारी रहने नेपालका लागि यामाहाका आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले जनाएको छ ।

नेपालकै सर्वाधिक ठूलो यस महा एक्सचेन्ज मेलामा थुप्रै सुविधा, र विभिन्न आकर्षक उपहारको व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ । मेलामा जुनसुकै ब्राण्ड र जुनसुकै अवस्थाका मोटरसाइकल तथा स्कुटर एक्सेन्ज गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर