तनहुँ, २८ वैशाख- मस्र्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट–८ पचुवा निवासी ३७ वर्षीय जय कँडेल र ३५ वर्षीय मीन कँडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
चितवनको मुग्लिनबाट तनहुँको आँबुखैरेनीतर्फ आउँदै गरेको ना३ख ९९७३ नंको ट्रक आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरास्थित आँपचौर घुम्तीबाट करीब १०० मिटर तल खस्दा सो दुर्घटना भएको हो । घटना रातिको समयमा घटेको भए पनि प्रहरीलाई आज मात्रै जानकारी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।
मृ तक जय कँडेल ट्रक चालक र मीन कँडेल सहचालक रहेको मृ तकका साहिलो भाइ हिरा कँडेलले जानकारी दिनुभयो । गाउँको घर बाग्लुङ भए पनि हाल डेरा गरी चितवनको नवलपरासीम बस्दै आएको उहाँले बताउनुभयो । उहाँका अनुसार दुवै दाजुभाइ पराल लोड गरेर पोखरातर्फ गएका थिए । मृ तक दुवै एकै घर परिवारका दाजुभाइ हुन् । मृ तक दुवैको श वपरीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ । (रासस)