सडकमा नै छमछम नाच्दै गर्दा चितवनमा भेटिए ‘लक्का जवान’का कलाकार — OSNepal

सडकमा नै छमछम नाच्दै गर्दा चितवनमा भेटिए ‘लक्का जवान’का कलाकार

LC (KTM) April 29, 2022 0

काठमडौँ ।

फिल्म ‘लक्क जवान’ यतिबेला रिलिजको तयारीमा रहेको छ । वैशाखको २३ गतेबाट रिलिज हुन लागेको फिल्मको निर्माण यूनिट यतिबेला प्रचार प्रसारमा तिब्र गतिमा लागिरहेको छ ।

सोही उदेश्य अनुरुप ‘लक्क जवान’को टिमले चितवन र पोखराका दर्शकसँग प्रत्यक्ष भेटघाट गरेको छ । प्रत्यक्ष भेटघाटका क्रममा फिल्मका कलाकारहरु दर्शकसँग सडकमै नाँचेको दृश्यहरु अहिले भाइरल बनिरहेका छन् ।

प्रमोसनमा नै निकै व्यस्त बनेका निर्देशक निर्देशक शिवहरि पौड्याल विभिन्न स्थानमा गएर गीत संगीतसँगै नाच्नमा व्यस्त छन् ।

पौडेलसँगै कार्यकारी निर्माता तथा कलाकार किरण केसी, दिलिप रायमाझी, नायक सलोन बस्नेत, निर्माता ध्रुव वन्त र अनु वन्त पनि सहभागी थिए । उनीहरुले, फिल्मले दर्शकलाई ८० प्रतिशत हसाँउने र २० प्रतिशत रुवाउने बताए ।

फिल्मको टिमले चितवनको चौवीसकोठी, क्यान्सर अस्पताल अगाडि माइकिङ गर्दै पुगेका कलाकारसँग दर्शक सडकमै नाचेका थिए ।

कलाकारहरुले पनि फिल्मको पोष्टर टाँसे र दर्शकहरुलाई फिल्म हेर्न आग्रह गरे । उता पोखरमा पनि निर्माण टिमले पत्रकार सम्मेलनको आयोजना गरेर प्रचारप्रसारलाई व्यापक बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर