गायक प्रकाश सपुत र 'कबड्डी कबड्डी - ४' अमेरिकाको सान फ्रान्सिस्कोमा — OSNepal

गायक प्रकाश सपुत र ‘कबड्डी कबड्डी – ४’ अमेरिकाको सान फ्रान्सिस्कोमा

LC (KTM) April 28, 2022 0

काठमाडौँ । लोकप्रिय गायक प्रकाश सपुतले अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोमा आफ्नो प्रस्तुती दिने भएका छन्।

प्रोजेक्ट ईन्टरटेनमेन्टले आयोजना गरेको सांगितिक साँझमा सपुतले मे २१, २०२२ मा आफ्नो प्रस्तुती दिने भएका हुन् ।

सो अवसरमा गायक सपुतसहित अर्का कलाकार महादेव त्रिपाठीको पनि प्रस्तुती रहने आयोजकले जनाएको छ ।

प्रोजेक्ट ईन्टरटेनमेन्टल टीमले क्रूज पार्टी, ऐल्बट्रास , वार्तिका राई, आर्थर गन , नेपक्याली र थुप्रै अरु ईभेन्ट २०१८ साल देखी बे एरीयामा गरिसकेका छन् ।

आयोजक प्रोजेक्ट ईन्टरटेनमेन्टले नै नेपाली चलचित्र कबड्डी कबड्डी – ४ जुन महिनाको पहिलो साता प्रदर्शन गर्ने तयरी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर