अत्यन्तै दुखद खबर: धनुषामा घर नजीकैको पोखरीमा नुहाउन गएका पाँच बालिकाको डुबेर मृत्यु, गहिरो शोकमा गाउँ — OSNepal

अत्यन्तै दुखद खबर: धनुषामा घर नजीकैको पोखरीमा नुहाउन गएका पाँच बालिकाको डुबेर मृत्यु, गहिरो शोकमा गाउँ

LC (KTM) June 11, 2021 0

धनुषा, २८ जेठ- यहाँ पोखरीमा डुबेर एकैपटक पाँच बालिकाको मृ त्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मुखियापट्टि मुसहरनिया–६ लक्ष्मीपुरका पाँच बालिकाको आज दिउँसो पोखरीमा डुबेर मृ त्यु भएकोे छ । दिउँसो १२ः०० बजेको समयमा घर नजीकैको पोखरीमा नुहाउन गएका बालिकाहरुको पानीमा डुबेर मृ त्यु भएको हो ।

मृ त्यु हुनेमा स्थानीयवासी पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी र उतिम साह तेलीकी १२ वर्षीया छोरी ललिताको मृ त्यु भएको प्रहरीले जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर