काठमाडौं १५ वैशाख । सत्तारुढ पाँच दलीय गठबन्धनले पोखरा महानगरपालिकामा चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।सवल अर्थतन्त्र र पूर्वाधार नारासहित गठबन्धनले एक वर्षसम्म गर्ने कामको योजनासहित चुनावी घोषणा पत्र सार्वजनिक गरेको हो ।
लोकतन्त्रको संघर्षशील यात्राका विभिन्न कालखण्डमा सहयात्री भएका दलहरु, ऐतिहासिक जनआन्दोलन, नेपालको शान्ति प्रक्रिया, संविधान सभा निर्वाचन, गणतन्त्र स्थापनामा हातेमालो गरेका दलहरुको युगान्तकारी र समन्वयात्मक भूमिका रहेको स्मरण गराउन चाहन्छौं । उक्त घोषणा पत्रमा उल्लेख गरिएको छ ।
विकास र समृद्घिका सरोकारवालाहरु भनेकै महानगरवासी हुन् र विकास नागरिकको जन्मसिद्घ अधिकार हो , सबैको अधिकार हो । महानगरवासीहरुलाई विकासका क्रियाकलापको अपनत्व लिने किसिमले निर्वाचित जनप्रतिनिधिहरुले कार्य गर्नेछन् ।
भष्ट्राचार को शून्य सहनशिलता विकास गर्ने, पारदर्शिता सुनिश्चित गर्ने र प्रभावकारी, जवाफदेही तथा समावेशी संस्थाहरूको निर्माण हुने छ ।