चितवन १५ वैशाख । भरतपुर महानगरपालिकाको मेयरमा वागी उम्मेदवार दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता लिन अस्विकार गरेका छन् ।
सभापति शेरबहादुर देउवालाई आग्रहमा चितवन पुगेका गृहमन्त्री बालकृष्ण खाँड सँगको भेटमा नेता पौडेलले उम्मेदवार फिता नलिने बताएका हुन् । पौडेललाई भेट्न बिहिबार बिहान गृहमन्त्री खाँड पौडेल निवास पुगेका थिए ।
आफूले दिएको उमेदवारी चितवनबासीको लोकतन्त्र र आफ्नो पार्टीलाई बचाउनका लागि भएको दावी गरेका उनले उम्मेदवारी फिर्ता नलिने जिकिर गरेका छन् ।
नेता पौडेलले आफुले सामान्य नागरिकका हिसाबले उम्मेदवारी दिएको भन्दै यसलाई सामान्य कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएको भनेर बुझ्न आग्रह गरेका छन् । ‘मेरो कारणले केन्द्रीय गठबन्धनलाई गाह्रो पर्नुपर्ने केही छैन’ ‘परिस्थिति धेरै अगाडि बढिसकेको छ ।’ उनले भने ।
साथै, पौडेलले पार्टीको अनुशासनविपरीत काम गरेको जस्तो लागे आफुलाई कारबाही गर्न पनि भनेका छन् । सत्ता गठवन्धनको सहमति अनुसार भरतपुर महानगरको मेयरका माओवादी केन्द्रलाई परेको हो ।