काठमाडौं १५ वैशाख । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुख नहेरी चुनाव चिह्न हेरेर मतदान गर्न नेता–कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।
काठमाडौंमा बिहिबार आयोजित एक कार्यक्रममा महामन्त्री शर्माले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मुख नहेरी चुनाव चिह्न हेरेर मतदान गर्न नेता–कार्यकर्ताहरूलाई आग्रह गरेका हुन् ।
व्यक्तिमा असन्तुष्टि भए पनि पार्टीलाई मत दिनुपर्ने बताएका उनले १० वर्षमा देशलाई बिजुली बेचेर धनी बनाउने कांग्रेसको सपना रहेको बताएका छन् ।
‘एमसीसी परियोजना सफल भएर १० वर्षमा हरेक नेपालीको चुलोमा बिजुलीले खान पकाउन सक्ने अवस्था आउँछ ‘ उनले भने ।
मतदान गरेर मात्रै पार्टीले नजित्ने बताएका उनले सही रूपमा मतदान गर्न मतदातलाई सिकाउनु पर्ने बताएका छन् ।