गायक प्रमोद खरेल सवार कार दुर्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने 'भाग्यले बाँचे' — OSNepal

गायक प्रमोद खरेल सवार कार दुर्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

LC (KTM) April 28, 2022 0

काठमाडौँ ।

बहुचर्चित गायक प्रमोद खरेल दागंमा हुने कार्यक्रममा सहभागी हुन जाँदै गर्दा सवारी दुर्घटनामा परेका छन् ।

बुधबार साँझ काठमाडौँबाट नेपालगञ्ज जहाजमा पुगेर तुलसीपुर र दागंमा हुने कार्यक्रमको लागि राती १ बजे बास बस्नका लागि होटलमा जाँदै गर्दा गायक खरेल सवार कार दुर्घटनामा परेको हो ।

आफ्नो दुर्घटनाको विषयमा जानकारी दिँदै गायक खरेलले सामाजिक संजालमा स्टाटस लेख्दै भनेका छन् एउटा अर्को युद्ध जीन्दगीसँग भनेर ।लामो स्टाटसमा गायक खरेलले आँफु राती १ बजेको समयमा निदाएको र निदाएकै अवस्थामा सवारी दुर्घटनामा परेको र होश आउनका लागि ४५ मिनेट लागेको कुरा उल्लेख गरेका छन् ।

प्रमोदले अस्पतालमा होश आएपछि आँफु छक्क परेको उल्लेख गर्दै लेखेका छन् मेरो ज्यान गाडीको एयर व्याग र सिट बेल्टले बचायो ।

आँफै सँगै सोही गाडीमा सवार आयोजकहरु पनि घाइते भएको प्रमोदले उल्लेख गरेका छन् ।दुर्घटना पश्चात गायक खरेल स्थानीइ अस्पतालमा उपचारपछि काठामडौँ फर्किएका छन् । काठमाडौँ आए लगत्तै उनले थप उपचार सुरु गरेको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर