वैशाख ३१ गते राजधानीमा कालीप्रसाद गुञ्जिने — OSNepal

वैशाख ३१ गते राजधानीमा कालीप्रसाद गुञ्जिने

LC (KTM) April 28, 2022 0

काठमाडौं । गायक, गीतकार तथा संगीतकार कालीप्रसाद बासकोटा गुञ्जिने भएका छन् । उनले आगामी ३१ वैशाखमा राजधानीको दरबारमार्गस्थित क्लब प्लाटिनममा ‘कालीप्रसाद बासकोटा लाइभ’ मा आफ्ना लोकप्रिय गीत गाउने जनाइएको छ । कार्यक्रमको प्रस्तुतकर्ता पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट ९पिभिइ० नेटवर्क रहेको छ ।

पिभिइ नेटवर्कका अनुसार विशेष डिजाइनमा तयार पारिएको लाइट, साउण्ड, एलइडी स्क्रिनमा काली गुञ्जिने छन् । सो कार्यक्रममा अन्य कलाकारले आकर्षक नृत्य प्रस्तुतसमेत गर्नेछन् । गायक बासकोटाका अनुसार कोभिड महामारीपछि काठमाडौंमा उनको यो पहिलो प्रस्तुति हुनेछ ।

उनले गाएका गीतहरु ‘जालमा’, ‘निर’, ‘साली मन प¥यो’ लगायत लोकप्रिय छन् ।सौर्य दैनिकमा खबर छ । बासकोटा केही समयअघि सम्पन्न गायन रियालिटी सो ‘सारेगमप’ को निर्णायकसमेत हुन् । यसबाहेक उनले ‘नेपाल आइडल’ को सिजन १, २ र ३ मा पनि निर्णायकको भूमिका निभाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर