फिल्म 'जर्सी'का कारण चर्चामा 'कुम कुम भाग्य'की मृणाल ठाकुर — OSNepal

फिल्म ‘जर्सी’का कारण चर्चामा ‘कुम कुम भाग्य’की मृणाल ठाकुर

LC (KTM) April 28, 2022 0

मुम्बई – फिल्म जर्सीका कारण अभिनेत्री मृणाल ठाकुर चर्चामा छिन्। उनको फिल्मी करियरलाई लिएर अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ।
२९ वर्षीया मृणाल महाराष्ट्रको धुलेमा जन्मिएकी थिइन्। स्कुल सकेर उनी डेन्टिस बन्ने तरखरमा थिइन्। किनकि उनको परिवारको चाहना नै त्यही थियो। तर उनको त्यो चाहना एउटा फिल्मको सम्बादले बदलिदियो।

सन् २०१२ मा रिलिज भएको थियो, आमिर खान अभिनित थ्री इडियट्स। मृणाल सपरिवार फिल्म हेर्न हल पुगेका थिए।फिल्मको एउटा सम्वादले उनको झक्झकायो। फिल्ममा आमिरले भन्छन्, प्यासनलाई पछ्याउ, सफलता आफैँ तिम्रो पर्नेछन्। उनको त्यही सम्वादले मृणालको मुड बदलिदियो। उनी आफैँलाई प्रश्न गर्न थालिन्, ुसाँच्चै मेरो चाहना डेन्टिस बन्नु होरुु ुअँह, मेरो जीवनको उद्देश्य त्यो बिलकुलै होइन,ु उनी निर्णयमा पुगिन्।

त्यसपछि मृणालले पत्रकारिता पढिन्। टेलिभिजनमा पत्रकारितामा सक्रिय भइन्। त्यही पेशाले उनलाई कलाकारितातिर डोर्‍यायो।उनले टिभी सिरियलमा डेब्यु गरिन्। खामोसिया, कुमकुम भाग्य हुँदै उनले बलिउडमा डेब्यु गरिन्। सन् २०१४ मा मराठी फिल्म भिट्टी डण्डुमा उनले अन्नपुर्ण पोष्टमा खबर छ ।
डेब्यु गरिन्। त्यसपछि ऋतिक रोशनसँग सुपर ३०, जोह्न अब्राहमसाग बट्ला हाउस, फराहन अख्तरसँग तुफान र कार्तिक आर्यनसँग धामाका फिल्ममा अभिनय गरिसकेकी छन्। शाहिद कपुरसँग जर्सी रिलिजको संघारमा छ। उनी अभिनित आँख मिचोली, पिप्पा, सीता रमामलगायत फिल्ममा अभिनय गरेका छन्, जुन पोस्टप्रोडक्सनकै क्रममा रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर