काठमाडौं-मोडल निशा घिमिरेको नर्भिक अस्पतालमा उपचार सुरु भएको छ । काठमाडौंको ट्रमा सेन्टरमा ३ महिना उपचार भएपनि उनको अवस्था सुधार हुन सकेको थिएन् । डाक्टरहरुको सल्लामा उनको विभिन्न थेरापी सेन्टरमा थेरापी चलेको थियो । अर्धचेत अवस्थामा घरमै रहेकी निशाको शरीर सुक्दै गएको थियो ।३ बर्ष अगाडि अभिनय कोर्स पढ्नका लागि देहरादुन जाँदै गर्दा सडक दुर्घ टनामा परेर गम्भिर घाइते भएकी थिइन् । प्रारम्भिक जाँचको क्रममा उनमा नशाको समस्या देखिएको छ ।
शरीरका महत्वपूर्ण अंगहरु जस्तै, मुटु, मृगौला, कलेजो, फोक्सो लगायतमा ठूलो समस्या देखिएको छैन । नर्भिकका चिकित्सकहरुले निशाको अवस्थामा सुधार हुने अपेक्षा गरेका छन् । हाल निशा बोल्न सक्दिनन् । खाना पनि अरुले खुवाइदिनुपर्छ । कसैले केही कुरा गर्यो भने सुन्छिन् र आँसु बगाउने गर्छिन् । जवाफ दिन वा अरुलाई रेस्पोन्स गर्नसक्ने अवस्थामा छैनन् ।
हातखुट्टा नै कुँजिएर ओछ्यान परेको ३ वर्षपछि नर्भिकले उद्दार गरेकोमा छिमेकी र उनका अभिभावकसमेत खुशी छन् ।नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले घिमिरेको दर्दनाक अवस्था फोटोमा देखेपछि आफूले उद्धार गरेको बताइन् । अब आफ्नै समन्वयमा उनको सम्भव हुनेजति उपचार गरिने उनले जानकारी दिइन् ।निशाले एक भोजपुरी चलचित्र, केही नेपाली सिरियल र म्यूजिक भिडियोमा अभिनय गरेकी छिन् ।