हेटौंडा १४ वैशाख । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि मकवानपुरको विभिन्न स्थानबाट उम्मेदवार दिएका ६ जना विरुद्ध उजुरी परेको छ ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार विभिन्न दलबाट स्थानीय तहमा उम्मेदवारी दिएका ६जना विरुद्ध उजुरी परेको हो ।
उजुरी पर्नेमा हेटौंडा १९ का वडा अध्यक्षमा नेकपा एमालेका नरनाथ सुवेदीविरुद्ध कर छलीको मनहरी गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार मनिला विष्टविरुद्ध र ३ नम्बर वडा अध्यक्षका उम्मेदवार अनन्तप्रसाद अर्याल विरुद्ध उजुरी परेको आयोगले जनाएको छ ।
त्यसैगरी ,बकैया गाउँपालिकाका ३ जना उम्मेदवार विरुद्ध उजुरी परेको छ । भनेगाउँपालिका उपाध्यक्ष पदका उम्मेदवार छाया अधिकारी र नेकपा माओवादी केन्द्रको तर्फबाट उपाध्यक्ष पदमा उम्मेदवार भक्तबहादुर खत्री र माओवादीकै तर्फबाट ५ नम्बर वडाका उम्मेदवार विरुद्ध पनि उजुरी परेको छ ।