अनुसा थापा- पहिलेका बुढापाकाले भन्थे,‘सुन किनेर राख्यो भने त्यो जुनसुकै बेलामा पनि काम लाग्न सक्छ । बैकंमा राखेको पैसाभन्दा बढी भर सुनको हुन्छ ।’ आपतविपत पर्दा तत्कालै बेचेर प्रयोग गर्न मिल्ने, अर्कोतिर बैंकमा जस्तो झण्झट पनि नहुनै । कतै जाँदा लगाउनुपप्यो भने पनि आफुसंगै हुन्छ । यता, अफिस बिदा भएको दिन पनि अप्ठ्यारो नपर्ने । १० नबजिकन वित्तिय संस्था खुल्दैन् । बेलुका ४ बजेपछि यी संस्था बन्द भइहाल्छन् । तर, पैसाले त बिहानबेलुका र बिदाको दिन भन्दैन् । जतिखेर पनि आवश्यकता पर्न सक्छ । पछिल्लो समय सुनमा आकर्षण बढ्दो छ । सुन किन्ने सर्वसाधारणहरुको संख्या पनि उत्तिकै बढेको छ । सुन एउटा यस्तो वस्तु हो जुन विवाहका निम्ति अनिवार्यझै छ । यता, केही पैसा हुनेबित्तिकै सुनमा लगानी गरौं भन्ने मनशाय भएका मानिसहरुको कमी छैन् । किन कि सुनको मूल्य प्रत्येक दिन बढिरहेको छ ।
अहिले सुनको मूल्य प्रतितोला एक लाखको हाराहारीमा पुगेको छ । हिजोको दिनमा जसले बाठो भएर सुनमा लगानी गप्यो उसलाई धेरै नाफा भएको छ । सुन किनेर राख्नेहरु मूल्य बढेपछि दंग परेका छन् । तर, जसले बढी व्याज खानका निम्त वित्तिय संस्थामा राखेको न उनीहरु चिन्तित भएका छन् । किन कि उनीहरुले व्याज पाएका छैनन् भने सावा कै खोजीमा हरहमेशा निस्किनुपर्ने बाध्यता आइपरेका छन् । त्यस्तै, सेयर, घरजग्गा र निजी गाडीमा लगानी गर्नेलाई ‘मर्नु न मोटाउनु’ भएको छ । यी तीन क्षेत्रमा लगानी गरेकाहरु अहिले चिन्तित भइसकेका छन् । किन्ने कोही छैनन् भने बेच्ने यत्तिकै छन् । पहिले एउटै जग्गा हेर्नका लागि दिनमा दश हुल जति ग्राहकहरु आउथे । तर, अहिले एउटा पनि आउदैनन् । केही वर्ष अघिसम्म पचास लाखमा बिक्री हुने जग्गा अहिले दश लाखमा बेच्छु भन्दा पनि किन्ने मान्छे छैनन् ।
तीन हजार कित्तामा किनेको सेयर सय रुपैंयामा पनि बिक्दैन् । निजी प्लेटको गाडी पनि उस्तै । तर, सुन दिन दुई गुणा र रात चौगुणाले बढिरहेको छ । पैसा हुनेजतिको एउटै सोचाइः अहिले किनेर राख्ने, मँहगो भएपछि बेच्ने । यता, भोजभतेर गर्नुपप्यो भने पनि सुनको खाँचो उत्तिकै हुन्छ । त्यसैले सुनमा लगानी गर्नु सबभन्दा उत्तम उपाय मानिएको छ । पहिलेको एउटा उखान,‘ बगेको ठाडो खोला पनि १२ वर्षमा फर्किन्छ । धैर्य गर्न मात्र ग्राहो हो ।’ अहिले ठ्याक्कै त्यस्तै नै भयो । घरजग्गा, सेयर र निजी प्लेटका गाडीका कारण बाटो बिराएकाहरु फेरिपनि सुनमै लगानी गर्न आइपुगेका छन् । वित्तिय संस्थामा पैसा भएपनि अहिले प्रयोग गर्न सक्ने स्थिति छैन् । किन कि बैंक र सहकारीमा आर्थिक तरलता बढ्दो छ । तर, बाडाले छिनमै पैसा दिन्छ । खाँचो परेको बेलामा बैंकमा राखेको पैसाभन्दा पनि सुनको महत्व बढी देखिन्छ । आफ्नो बचत गरेको रकमसकेत सर्वसाधारणले निकाल्न पाएका छैनन् । सुन हुनेले बाडामा लगेर राख्छन्, पैसा निकाल्छन् ।
पछि सुनको पैसा तिर्छन् आफ्नो गरगहना आफैले लिएर जान्छन् । बैंक जति झण्झट खेप्नपर्ने बाध्यता रहेन् । अहिले सुन पसलमा ग्राहकहरुको चर्को भीड छ । सुन पसलेलाई गरगहना बेच्न भ्याइनभ्याई भएको छ । अचानक सुनमा यत्रो खरिदकर्ता बढ्नु भनेको लगानी गर्ने ठाँउ नहुनु हो । बैंकमा लगेर राख्यो भने फिर्ता नपाउने डर । घरजग्गा र सेयरमा लगानी गप्यो भने मूल्य घटेको घट्यै । त्यसैले सुनतिर सबैको आकर्षण बढेको हो । जोखिम पनि नहुने, चाहिएको बेला फुत्त झिकेर प्रयोग गर्न मिल्ने । तर, सुन हाम्रो मुलुकमा उत्पादन हुदैन् । विभिन्न मुलुकबाट डलरमा खरिद गरेर सुन भित्राइन्छ । सुन खरिद गर्नका निम्ति सरकारले डलरको प्रयोग गर्ने गरेको छ । जसका कारण व्यापार घाटा बढ्ने देखिन्छ । सर्वसाधारणहरुको सुनप्रति आकर्षण बढ्नु एक हिसाबले मुलुकका लागि नराम्रो पनि हो । किन कि यसले विदेशी मुद्राको सञ्चिति झनै घट्दै जान्छ । देशको अर्थतन्त्रमा धक्का पुगेपछि सरकारले पछिल्लो समय निश्चित परिणाममा मात्र सुन भित्राउन दिन्छ । तर, यसमा पनि प्रतिबन्ध लगाउन जरुरी देखिएको छ ।
सरकारले हालै मात्र सार्वजनिक गरेको व्यापार प्रतिवेदनमा घाटा बढेको छ । माछादेखि लिएर दुधसम्म नेपालले बाहिरबाट आयात गरिरहेको छ । फलफुल र तरकारी पनि ठूलो मात्रामा बाहिरबाटै आउछ । निजी प्लेटका गाडी पनि बाहिरैबाट आयात गरिएको छ । चकलेट, प्लास्टिकलगातयका विलासी वस्तु पनि आयात गरिन्छ । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले बेवास्ता गर्दा व्यापार घाटा दिनानुदिन बढिरहेको छ । अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी दलालीहरुसंग लुप्त हुँदा मुलुक तहसनहस बन्ने भो । किसानहरुले आफुले उब्जाएको तरकारीको मूल्य पाइरहेका छैनन् । दुध नबिकेर लगेर फ्याक्नुपर्ने बाध्यता छ । तर, अर्थमन्त्री शर्मा र गर्भनर अधिकारीले नेपालमै उब्जनी भएकालाई बजारमा ल्याउनमा जोड नदिएर दलालीहरुसग मिलेर बाहिरी मुलुकबाट सामान ओसारिरहेका छन् । यस्तो असक्षम र सोचाइ नभएको अर्थमन्त्री र गर्भनर मुलुकले पाँउदा अर्थतन्त्र बिग्रियो । व्यापार घाटा स्वाटै बढ्यो ।
बजारमा मँहगी दिनानुदिन बढिरहेको छ । मँहगीले सम्पुर्ण नेपालीको ढाड सेकेको छ । अर्थतन्त्रमा झनै ठूलो संकट पर्ने देखिन्छ । तापनि, नालायक मन्त्री र गर्भनरलाई केही चासो छैन् । अर्थतन्त्रलाई यत्रो धक्का पुगिसक्दा पनि यिनीहरु पातमा किरा टासिएझै कुर्सीमा टासिएर बसेका छन् । नैतिकता थियो भने यिनीहरुले राजीनामा दिनुपथ्यो र सक्षम व्यक्तिलाई अर्थतन्त्र चलाउन दिनुपथ्र्यो । न प्रधानमन्त्री शेरबहादुर देउवाले यी दुई व्यक्तिलाई हटाउन सक्छन् । कांग्रेस पार्टीभित्रै नै अर्थमन्त्री र गर्भनरलाई हटाउनुपर्ने भन्दै आवाज उठिरहेको छ । तर, प्रधानमन्त्री सुनेपनि नसुनैझै नाटकी रुप देखाएर बसेका छन् । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल अर्थमन्त्रीलाई हटाएर देशको अर्थतन्त्र सुधार्नतिर लागिपर्दैनन् । कांग्रेस र माओवादी मिलेर नेपाललाई श्रीलंका बनाउने भए । यता, विपक्षी पार्टी एमाले भ्रम फिजाएर भो लने दाउपेचसहित अघि बढिरहेको छ । कांग्रेस र माओवादीलाई आरोप लगाउदै सत्तामा आउने योजना एमालेले बुनेको छ । सहकारीहरु टाट पल्टिसकेका छन् । कति सहकारी बन्द भइसके । कति चलाउनै नसक्ने स्थितिमा आइसकेको छ । जनताले बचत गरेको पाँच अर्बभन्दा बढी रकम जोखिममा छ ।
सर्वसाधारणहरुले वित्तिय संस्थामा पैसा डिपोजिट राख्न छोडिसके । भएकाहरुको रातको निद्रा दिनको भोक हराएको छ । तर, अर्थमन्त्री र गर्भनरलाई कमिशनकै चिन्ता छ । कुनचाहि व्यापारीले कमिशन देला भनेर उनीहरु कुरिरहेका छन् । सहकारी र बैंकको कारणले धेरै आम नागरिक सडकछाप बन्दै छन् । हाम्रो नेपालमा सरकार छ र ? भनेर जनताहरुले प्रश्न उठाउन थालिसकेका छन् । सरकार भएको भए देशको अर्थतन्त्र सही ट्रयाकमा आइहाल्थ्यो, उनीहरु भन्छन् । सरकारमा चलाउने चाबी लिएर बसेकाहरु जनताले तिरेको करबाट तलबभत्ता खान्छन् । सरकारी गाडी चढ्छन् र अर्थतन्त्र ठिक छ भनेर जनतालाई ढाट्ने काम मात्र गर्दछन् । पाँच लाखको चेक लिएर गयो भने बैंकले साट्दैन् । सहकारीसंग एक लाखको चेक साट्न सक्ने क्षमता छैन् । हिजो जनताको पैसा हाँसेर लियो तर अहिले फिर्ता गर्ने बेलामा उनीहरुको दातबाट पसिना निक्लिएको छ । अब के गर्ने ? बचतकर्ताहरु अन्यौलमा परेका छन् । बचत गरेको रकम फिर्ता नगरेको धेरैको गुनासो छ । सबैले पैसा घरघरमा राखे भन्ने कुरा लुकाएर लुक्दैन् । लुकाएको पैसा सरकारले बाहिर ल्याउन सक्दैन् ।