काठमाडौ १४ वैशाख । गृहमन्त्री बालकृष्ण खाँडले आफू बागी उमेदवारलाई फर्काउन चितवन आएको जानकारी दिएका छन् ।
पार्टीबाट स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेलको उमेदवारी फिर्ता गराउन आफू भरतपुर आएको गृहमन्त्री खाँडले बताएका छन् ।
प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा चितवन पुगेका खाँडले पौडेललाई फर्काउन हृदय र मन लिएर आएको बताएका छन् ।
पार्टीमा गरेको योगदानलाई स्मरण गरेर आफु स्वतन्त्रमा उम्मेदवारी दिएकाहरूलाई पार्टीमा निरन्रताका लागि आग्रह गर्न आएको बताएका उनले भने,’पार्टीको निर्णयलाई सहजतापूर्वक लिनुहोस् र आफ्नो निर्णय फिर्ता लिनुहोस्।’