पतिको हात समात्दै हिँडेकी वर्षाले खुशी हुँदै भनिन् 'श्रीमतीको रूपमा यात्रा सुरु भयो, खुशी छु' — OSNepal

पतिको हात समात्दै हिँडेकी वर्षाले खुशी हुँदै भनिन् ‘श्रीमतीको रूपमा यात्रा सुरु भयो, खुशी छु’

LC (KTM) April 27, 2022 0

काठमाडौं । सुटुक्क विबाह गरेकी नायिका वर्षा सिवाकोटी यतिबेला निकै खुशी अवतारमा देखा परेकी छिन् ।

प्रेमी आशिष गेलालसँग लगनगाँठो कसेकी वर्षा अहिले घुमघाममा व्यस्त छिन् । विबाहका र घुमघामका तस्विरहरु सेयर गरिरहेकी वर्षाले नयाँ नयाँ पोस्टहरु गर्दै श्रीमतीको रूपमा यात्रा सुरु भएको बताएकी छन् ।

शुक्रबार नागार्जुन रानीवनस्थित रेसु भिल्ला रिसोर्टमा नजिकका आफन्त र साथीभाइको उपस्थितिमा अमेरिकामा बसोबास गर्ने आशिष गेलालसँग उनले लगनगाँठो कसेकी वर्षाले विबाहपछि पारिवारिक जिम्मेवारी पनि थपिएको उल्लेख गरेकी छिन् ।

अमेरिकामा भेटघाटपछि वर्षा र आशिषले विबाहको योजना बनाएका थिए । वर्षा केही महिनाअघि मात्रै अमेरिका पुगेकी थिइन् । अमेरिका बसाइका क्रममा नै उनले बिहेको टुङ्गो लगाएर नेपाल फर्किए लगत्तै लगनगाँठो कसेकी वर्षाले किस्ता किस्तामा आफ्नो विबाहका तस्विरहरु फ्यानहरुलाई सप्राइज दिँदै विबाहपछि
श्रीमतीको रूपमा यात्रा सुरु गरेको र जिम्मेवारी थपिएको उल्लेख गरेकी छिन् ।

विबाह र महेन्दी समारोहमा निकै खुशी देखिएकी वर्षा बिदाईमा भने आफन्तहरुसँग छुट्ने क्रममा भक्कानिएर रोएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर