हैसियत भन्दा बढी माग गरेको भन्दै रुपन्देहीको १५ पालिकामा एकीकृत समाजवादी गठबन्धनबाट एक्लियो — OSNepal

हैसियत भन्दा बढी माग गरेको भन्दै रुपन्देहीको १५ पालिकामा एकीकृत समाजवादी गठबन्धनबाट एक्लियो

LC (KTM) April 27, 2022 0

रुपन्देही १४ वैशाख । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि नेकपा (एकीकृत समाजवादी) पार्टी रुपन्देही जिल्लाको १५ पालिकामा गठबन्धनबाट बाहिरिएको छ ।

१६ वटा पालिका रहेको रुपन्देही बुटवल उपमहानगरपालिका बाहेक अन्य पालिकामा समाजवादी गठवन्धनबाट बाहिरिएको हो ।

समाजवादीले १५ वटै स्थानीय तहमा एकल रुपमा उम्मेदवारी दर्ता गरेको गरेको छ भने बुटवल उपमहानगरमा पाँच दलीय गठबन्धनबाट उपप्रमुखमा चिनबहादुर गुरुङलाई नेकपा एसले अघि सारेको छ ।

गठबन्धनसँग पद बाँडफाँटमा कुरा नमिल्दा नेकपा एसले १५ पालिका एक्लै उम्मे दवार दिएको हो ।

तर, गठवन्धनमा सहभागी अन्य दलले भने समाजवादीले हैसियत भन्दा बढी माग गरेकाले मिलेर जान नसक्ने अवस्थाका आएको बताएका छन् ।

समाजवादीले नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्ष गरी नौ जना, उपप्रमुख र उपाध्यक्ष गरी आठ उम्मेदवारी दर्ता गराएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर