स्थानीय तहको निर्वाचन सम्पन्न हुनु भन्दा अगाडी नै धादिङमा नेकपा एमाले र नेपाली कांग्रेसले बाजी मारेका छन् । धादिङको दुई वटा स्थानीय तहको दुई वटा वडाहरुमा एकल उम्मेदवारी परे संगै उनीहरुले बाजी मारेका हुन् । दलित महिला सदस्य पदमा नेपाली कांग्रेस र महिला सदस्य पदमा नेकपा एमालेका एक एक जनाको एकल उम्मेदवारी परे पछि स्वतः निर्वाचीत भएका हुन् ।
धादिङको खनियाबास गाउँपालिका र गंगाजमुना गाउँपालिका वडा नं ४ मा दुबै दलका तर्फ बाट एकल उम्मेद्धारी आएका हुन् । कांग्रेस उम्मेदवार विमला नेपाली सर्वसम्मत बनेकी छन् भने गंगाजमुना गाउँपालिका वडा नं ४ मा नेकपा एमालेबाट दलित महिला सदस्य पदमा रत्नमाया घलेको मात्र उम्मेदवारी परेको छ । दुबै जना निर्विरोध बनेका हुन् । धादिङ जिल्लाबाट विजयको खाता खोल्ने कांग्रेस र एमालेका यी दुई उम्मेदवार नै पहिलो बनेका छन् ।