नेकपा एमाले अर्घाखाँचीका मिश्रद्धारा उम्मेदवारी मनाेनयन दर्ता — OSNepal

नेकपा एमाले अर्घाखाँचीका मिश्रद्धारा उम्मेदवारी मनाेनयन दर्ता

LC (KTM) April 26, 2022 0

हरि कुँवर, अर्घाखाँची ।

अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा नम्बर – ५ को वडा अध्यक्षपदका लागि नेकपा एमालेको तर्फबाट तिलक मिश्रले उम्मेदवार मनोनयनपत्र दर्ता गरेका छन् ।

नेकपा एमाले मालारानी बाँगीले सदस्यको टुंगोलगाएको छ । जसमा हुम ब. महत ,ऋषि पन्थी, मधु खनाल र अनिता विक चयन भएका थिए ।

मालारानी गाउँपालिका वडा नम्बर- ५ बाँगी भेडिराख्ने साहुटोल निवासी पिता दुर्गा प्रसाद मिश्र माता यमकला मिश्रको जेठा छोरा तिलक मिश्र हुन । वि.स २०२७ बैशाख १० गते जन्मेका मिश्र नेकपा एमालेको जिल्लाकमिटिको सचिवालय सदस्य पदमा रहेर काम गरेका मिश्र जिल्ला स्वास्थ्य कार्यालयको अधिकृत पदको जागिर बाट राजीनामा दिएर पहिलोपटक २०७४ सालमा वडा अध्यक्षको पदमा उम्मेद्धवारी दिएका थिए ।

जिल्लामा विभिन्न परिवारका गरिव, दलित विपन्न लाई आफू सक्दो सहयोग गर्दै आएका पनि छन । जिल्लाको बाँगीमा सक्रिय रहदै आएका मिश्र नेकपा एमाले भित्र पनि सरल कुशल इमानदार कर्तब्यनिष्ठ नेताको रुपमा परिचित छन्।

जव गाईगुई ओली मुर्दावाद सुनियो – देशमा “आई लभ यु ओली”को नारा गुन्जियो ओली अपदस्त गर्न कम्मर कस्नेहरुको सामु शुसासन र समृद्धि समाजवादको आधार स्थानीय देखी केन्द्र सम्म एमालेको सरकार “समृद्ध नेपाल सुखी नेपाली” विकासको भिजन बोकेर हिँडेका मिश्र ले बाँगीमा सुविधा सम्पन्न अस्पताल , गुणस्तरीय शिक्षा, सफा खानेपानी, मोटरबाटोमा योगदान पुराउने अधुरा रहेका काम पुरा गर्ने भन्दै उहाँले दोस्रोपटक नेकपा एमालेको तर्फबाट उम्मेद्धवार दिने भएका हुन ।

२०७४ सालको निर्वाचनमा अन्तरघातका कारण वडामा हार भएको निष्कर्ष सहित ४ जनालाई कारबाहीको लागी एमाले बाँगीले सिफारिस गरेको थियो । बाँगी बाट वडा अध्यक्षको उम्मेद्धवार तिलक मिश्र १८ भोटले पराजित हुनुपरेको थियो । फलस्वरूप काङ्ग्रेस माओबादी गठबन्धनका शोभाखर भुसालले १ हजार ५ मत लिएका थिए। यसैगरी तिलक मिश्रको ९सय ८७ मत ल्याएर पराजित हुनुपर्यो । चार जना सदस्य भने एमालेका उम्मेद्धवारले दुई सय मतको अन्तरले गठबन्धनलाई पछि पार्दै चारै जना बिजयी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर