बर्दियामा १३ वैशााख । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ससुरा-बुहारी र श्रीमान-श्रीमतीले उम्मेदवारी दिएका छन् ।
जिल्लाको गेरुवा गाउँपालि कामा फरक राजनीतिक दलबाट गाउँपालि काको उपाध्यक्षमा बुहारी र वडाध्यक्षमा ससुराको उम्मेदवारी परेको छ ।
ससुरा बलबहादुर थारु नेकपा माओवादी केन्द्रबाट वडा नम्बर(३ को अध्यक्षको उम्मेदवा। भएका छन् । बुहारी लक्ष्मीकुमारी चौधरी नेपाली कांग्रेसबाट पालिकाको उपाध्यक्षमा उमेदवार बनेकी छन् ।
त्यसै गरी, जिल्लाको राजापुर नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्रीमान(श्रीमतीकै उम्मेद वारी परेको छ । नगरपालिकाको प्रमुखमा श्रीमान राममणि उपाध्यायले उम्मेदवार हुँदा श्रीमती सम्झना उपाध्यायले भने उपप्रमुखमा उमेदवारी दिएकी छन् ।