काठमाडौं १३ वैशाख । काठमाडौं स्थित महाराजगञ्जबाट २२ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
विजनेस भिसामा नेपाल आएका उनीहरुको भिसा अवधि सकिएको प्रहरीले जनाएको छ ।
भिसा अवधि सकिए पनि अअनलाइन जुवा खेलाउन र विभिन्न किसिमको ठगीमा संलग्न भएको प्रहरीले जनाएको छ । उनीहरुमाथि अध्यागमन विभाग अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अध्यागमन विभाग र उपत्यका अपराध अनुसन्धान कार्यालयले संयुक्त टोलीले उनीहरुलाई महाराजगञ्जबाट पक्राउ गरेको हो ।