प्रेस क्लब हल्दिवारी लाई तिम्सिनाले गरे २५ हजारको मेडिकल सामाग्री सहयोग — OSNepal

प्रेस क्लब हल्दिवारी लाई तिम्सिनाले गरे २५ हजारको मेडिकल सामाग्री सहयोग

LC (KTM) June 11, 2021 0

प्रेस क्लब हल्दिवारीलाई तिम्सिना सप्लायर्स त्रिपुरेस्वर ,काठमाडौबाट २५ हजार मुल्य बराबरको माक्स ,फेसशिल ,सेनिटाइज अक्सिमिटर सहयोग प्राप्त भएको छ । उक्त सप्लायर्सका प्रोपाईटर कुमार तिम्सिनाले उक्त मूल्य बराबरको सामाग्री प्रेस क्लब हल्दिवारीलाई सहयोग गर्नु भएको हो ।

हल्दिवारी -२ निवासी तिम्सिनाले पहिलो कोभिड संक्रमणको बेलापनी हल्दिवारी गाउँपालिकालाई १ लाख ५० हजार मूल्य बराबरको मेडिकल सामाग्री सहयोग प्रदान गर्नु भएको थियोे ।

कोरोना महामारीको बेला अग्र पङ्तीमा रहेर काम गर्ने संचारकर्मीलाई तत्कालका लागि सानो सहयोग गर्न पाएकोमा तिम्सिनाले खुशी व्यक्त गर्नु भएको छ ।

हल्दिवारी का युवा व्यवसायी सुमन मैनालीको समन्वयमा उक्त सामाग्री हल्दिवारी -२ का समाजसेवी कुमार राईले संचालन गर्नु भएको एम्बुलेन्स मार्फत प्रेस क्लब हल्दिवारीले प्राप्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर