कोरोना संक्रमणदर उल्लेखनीय रूपमा नघटेपछि काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप्ने तयारी — OSNepal

कोरोना संक्रमणदर उल्लेखनीय रूपमा नघटेपछि काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप्ने तयारी

LC (KTM) June 11, 2021 0

काठमाडौं-काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता लम्बिने भएको छ। हालको परिस्थितिलाई मध्य नजर गर्दै काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू ले एक हप्ता थप्ने तयारी गरेको बताइएको छ ।

‘कोरोना संक्रमणदर उल्लेखनीय रूपमा नघटेको हुनाले यही परिस्थितिमा निषेधाज्ञालाई जारी राख्नुपर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

निषेधाज्ञा केही खुकुलो भने हुनसक्ने उनले बताए। उपत्यकामा निषेधाज्ञा जेठ ३१ गतेसम्म जारी गरिएको थियो। यो तीन दिनपछि सकिँदैछ। निषेधाज्ञा लम्ब्याउनुको कारणमा भिडभाड नै प्रमुख कारण रहेको पराजुलीले बताए । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच यस विषयमा छलफल भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर