काठमाडौ १३ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफन्तलाई टिकट दिन गठवन्धन गरेको आरोप लगाएका छन् । २३ औ मनमोहन स्मृति दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रम लाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
‘कसैका छोरी, कसैका छोरा र कसैका श्रीमती उम्मेदवार बनाइए भन्ने सुन्छु। कोही आफू अस्त भएपछि भान्साबाट श्रीमतीलाई मैदानमा ल्याएको भन्ने सुन्छु। यो गठबन्धन यसैका लागि हो।’ उनले भने ।
अध्यक्ष ओलीले कांग्रेसका नेता प्रकाश मान सिंहले श्रीमती र्सिजना सिंहलाई मेयरको उम्मेदवार दिएको माओ वादीका अध्यक्ष प्रचण्डले छोरी लाई मेयरको लागि उम्मेदवार उठाएको विषयमा टिप्पणी गरेका ओलीले एमालेमा नातावाद, कृपावाद र गणेश प्रवृत्ति नचल्ने स्पष्ट पारेका छन् ।
नेता सिंहले काठमाडौं महानगरको मेयरमा श्रीमती लाई उठाएका छन् । जसको चौतर्फी आ लोचना भएको छ । कांग्रेसले जारी गरेको घोषणा पत्रमा आफन्त लाई नियुक्त नगरिने स्पष्ट लेखिए नियम भने मानिएको छैन ।
विराटनगरमा पनि मेयरमा कोइरालाला खान्द्यानले नै निरन्तरता पाएको छ ।