चितवन १३ वैशाख । सत्तागठवन्धनको सहमति अनुसार माओवादी केन्द्रले पाएको भरतपुर महानगरपालिकामा पाएको थियो । भरतपुर महानगरको प्रमुखमा माओवादी नेत्रृ रेणु यादवले उम्मेदवारी दर्ता दिएसँगै अन्य दलका १६ जनाले पनि मेयरमा पदमा उम्मेदवारी दिएका छन् ।
स्वतन्त्रबाट १४ जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जनाएको छ । एक मेयर पदको लागि ३० जनाको उम्मेदवारी परेको भरतपुर महानगरमा कांग्रेसले भने विरोध जनाउँदै आएको छ । त्यसैगरी , उपमेयरमा १३ जनाले आफ्नो मनोनयन दर्ता गरेका छन् ।
कांग्रेसले भरतपुर पाउनुपर्ने भन्दै आएपछि गठवन्धनको सहमति अनुसार माओवादीले पाएको थियो । माओवादीलाई भोट नदिने भन्दै चितवन काग्रेसको तर्फबाट नेता जगन्नाथ पौडेल वागी उम्मेदवार दर्ता गराएपछि भरतपुरमा खैलाबैला नै चलेको छ ।
सभापति समेतच रहेका प्रधानमन्त्री शेरहादुर देउवाले भरतपुरका ने ताहरु लाई सम्झाउन एक टोली नै भरतपुर पठाएका छन् ।
मेयर पदमा ककसले दियो उम्मेदवारी :
-एमालेबाट विजय सुवेदी
-माओवादी केन्द्रबाट रेणु दाहाल
-लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट गणेश गिरी
-विवेकशील साझा पार्टीबाट प्रविन काफ्ले
-राष्ट्रिय जनमोर्चाबाट भक्तिराम गौतम शर्मा
-नेपाल मजदूर किसान पार्टीबाट हरिप्रसाद दुवाल
-माक्सवादी लेनिनवादीबाट सूर्यप्रसाद रेग्मी
-राष्ट्रिय जनमुक्ति पार्टीबाट ज्ञानबहादुर गुरुङ
-मंगोल नेशनल अर्गनाइजेशनबाट टेकबहादुर पुनमगर
-राष्ट्रिय नागरिक पार्टीबाट पूर्णबहादुर गुरुङ
-जनमत पार्टी ९जपा०बाट संजयकुमार ठाकुर
-मौलिक जरोकिलो पार्टीबाट विनोदकुमार गिरी
-राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट लक्ष्मण अधिकारी
-उन्नत लोकतन्त्र पार्टीबाट दिपेन्द्र बास्तोला
-नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबाट सुरेन्द्र परियार
-सामाजिक एकता पार्टीबाट खेम प्रसाईं
स्वतन्त्रतर्फबाट मेयर पदमा उम्मेदवारी दिनेमा
रुद्र प्रसाई, उद्वव अर्याल, रामकृष्ण ओझा, सुमन अधिकारी, योगलाल श्रेष्ठ, जगन्नाथ पौडेल, कुलराज कँडेल, दुर्गाप्रसाद शर्मा, शरिशरण श्रेष्ठ, रमेश भण्डारी, मिलन अधिकारी, मोहित पाण्डे, यामकान्त शर्मा कँडेल र हरिश्चन्द्र घिमिरेले रहेका छन् ।
उपमेयरमा उम्मेदवारी दिनेमा
-कांग्रेसबाट चित्रसेन अधिकारी
-विवेकशील साझा पार्टीबाट पुष्पा सापकोटा
-राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हिमला गुरुङ
-राष्ट्रिय जनमोर्चाबाट देवी शर्मा
-नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी लेनिनवादी)बाट इन्दिरा शर्मा गौली
-राष्ट्रिय जनमुक्ति पार्टीबाट मीना मगर
-मंगोल नेशनल अर्गनाइजेशनबाट सुस्मा तामाङ
-राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट कल्पना थापा
-नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबाट कौशिला खत्री