काठमाडौं १३ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संयम र धैर्य नै एमालेको चरित्र भएको बताएका छन् ।
पार्टीप्रति निष्ठावान र बफादार नेता कार्यकर्ता सवैको उपयुक्त समयमा न्याय मिल्ने र सबैका असन्तुष्टिको सम्बोधन गरिने बताएका ओलीले गठबन्धनलाई हराउन सबै एमाले एक भएर लाग्नु पर्ने बताएका छन् ।
मंगलबार मनमोहन स्मृति दिवसमा एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘क्षणिक आबेग उत्तेजनामा आउनु हुँदैन । संयम र धैर्य नै एमालेको चरित्र हो । अहिले आवेग उत्तेजनामा आउने होइन, अपराधिक गठबन्धनलाई हराउने हो ।’
पार्टी निर्णय विपरित बागी उम्मेदवारी दिने, टिकट नपाएपछि अर्काको पार्टीमा जाने प्रवृत्ति एमाले लाई नसुहाउने उनको तर्क रहेको छ ।