काठमाडौ १३ वैशाख । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले सक्रिय राजनीतिबाट बिदा लिने तयारीमा लागेको संकेत गरेका छन् । नेता घिमिरेले
सामाजिक सञ्जाल मार्फत वैशाख ३० गते स्थानीय तहको नि र्वाचन सकिएलगत्तै यसको नि णर्य लिने जानकारी दिएका हुन् ।
‘सक्रिय राजनीतिबाट बिदा लिउँकी भन्ने लागेको छ।स्थानीय चुनावको लगत्तै निर्णय लिन्छु।स्थानीय तहमा देशभरी उम्मेदवार बन्नु भएका साथीहरूलाई बिजयको शुभकामना छ !’ उनले भनेका छन् ।
आफ्नो लागि राजनीति उपयुक्त फिल्ड नभएको समेत बताएका छन् । गएको कांग्रेसको महाधिवेशनमा घिमिरे प्रदेश १ सभापतिमा उद्धव थापासँग २ मतले पराजित भएका थिए ।