कास्की कांग्रेसको वागी उम्मेदवारले एकीकृत समाजवादीमा भुकम्प — OSNepal

कास्की कांग्रेसको वागी उम्मेदवारले एकीकृत समाजवादीमा भुकम्प

LC (KTM) April 26, 2022 0

काठमाडौं १३ वैशाख । सत्ता गठवन्धनको सहमति अनुसार पोखरा महानगरपालिका र एकीकृत समाजवादी पाएपछि सरकार चलाएको नेपाली कांग्रेसका कास्कीका नेता कार्यकर्ताले यसको चर्को विरोध मात्र गरेनन् तिन जना कांग्रेसका नेताहरुले वागी उम्मेदवार नै दर्ता गराएका छन् ।

पोखरा कांग्रेसले पाउनु पर्ने भन्दै आएका कास्की नेताहरु नन्दूप्रसाद तिवारी ,विमलबहादुर कार्की र ऋषि सापकोटा महानगरको मेयरामा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यस विषयमा नेकपा एसका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललेकांग्रेसमा पार्टीको संस्थापनलाई असफल पार्न खोज्ने धारका व्यक्तिहरुले वागाी उम्मेदवार दिएको बताएका छन् ।

कांग्रेसका बागी उम्मदेवारलाई वैशाख १६ सम्म फिर्ता लिने वातावरण बनाउनुपर्नेमा जोड दिएका नेता खनालले नेपाली रेडियो नेटवर्क ९एनआरएन० को कार्यक्रम ‘नेपाली बहस’ मा यस्तो बताएका हुन् ।

गठबन्धन संविधान र लोकतन्त्रको रक्षा र मुलुकलाई अग्रगतितर्फ अघि बढाउने प्रयत्न भएकाले नमिलेका ठाउँमा मिलाउँदै जानुको विकल्प नभएको उनले बताएका छन् । कांग्रेसमा भएको बागी उम्मेदवारको बिगबिगीले नेपाली कांग्रेसको संस्थापनलाई असफल पार्न खोजेको बताएका नेता खनालले पार्टीबाहिर गएर अघि बढ्न सकिँदैन भन्ने बागीले थाहा पाउनुपर्ने बताएका छन् ।

चुनावी तालमेलको विषयमा एक महिना अगावै गठवन्धन गरेको भए यस्तो समस्या नआउने उनको भनाई रहेको छ ।

यता , भरतपुरमा पनि कांग्रेसका जगन्नाथ पौडेलले वागी उम्मेदवारी दिएका छन् । भरतपुर र पोख रा कांग्रेसले पाउनु पर्ने भन्दै जिल्लाका कांग्रेस नेताहरु आक्रोशित बन्दै आएका थिए ।

गठवन्धनको साथमा निर्वाचनमा होमिएका माओवादी र एकीकृत समाजवादी कांग्रेसको वागी उम्मेदवारको कारण अब अप्ठ्यारो पर्ने भएको छ ।

पोखराका कांग्रेस नेताहरुले पोखरा महानगर नपाए स्वतन्त्र उम्मेदवारलाई मतदान गर्ने भन्दै केन्द्रलाई चेता वनी समेत दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर